अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

पोखरामा सड्क महोत्सव शुरु (फोटो फिचर)

बिआरटीनेपाल २०७५ पुष १३ गते ८:४२ मा प्रकाशित

२० औं संस्करणको ‘पोखरा सडक महोत्सव’ शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले सडक महोत्सवको आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरा प्रदेशको राजधानीका साथै पर्यटनको केन्द्र रहेको बताउनुभएको छ । साथै उहाँले पोखरालाई मुलुकको पर्यटकीय राजधानी बनाउने प्रण समेत गर्नुभएको छ । प्रदेश सरकारले पर्यटकीय राजधानी बनाउने सोचका साथ केन्द्र सरकार समक्ष सिफारिस गरिसकेको उहाँको भनाई छ । मुख्य मन्त्रीको गुरुङले संस्कार र संस्कृतिको उद्गम थलोका रुपमा गण्डकी प्रदेश रहेको उल्लेख गर्नुभयो ।

पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्मको साढे तीन किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुनेछ । अंग्रेजी नयाँ बर्षमा आयोजना हुने सडक महोत्सव विशेष आर्कषणको रुपमा स्थापित भएको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराको साथ हरेक अंग्रेजी बर्षमा रेवान पोखराको आयोजनामा महोत्सव हुने गर्दछ ।

आयोजकका अनुसार आन्तरिक तथा वाहृय पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षणका साथै प्रवर्द्धन गर्ने महोत्सवको उद्धेश्य रहेको छ ।

महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यान लगायत आकर्षण रहने महोत्सवका संयोजक एवं रेवानका अध्यक्ष बुधराज भुजेल(भिमसेन)ले जानकारी दिनुभयो ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक प्रस्तुति समावेश गरिएको छ । महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोली तथा भारत, पाकिस्तान र चीनको सांस्कृतिक टोलीले पनि विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । यसका साथै ख्यातिप्राप्त कलाकारहरुको लोकदोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट महोत्सवमा समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू