अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२५ | Colorodo: 00:40

विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढ्यो

बिआरटीनेपाल २०७५ पुष १२ गते १९:३० मा प्रकाशित

काठमाडौँ – विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् । 

नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडिसकेका छन् ।

अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर छ । पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाललगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भुमिका नदिएको उनीहरूको आरोप छ ।

पार्टीका अर्का संयोजक उज्वल थापा आन्तरिक विवादकै विषयमा जिल्लाका नेता÷कार्यकर्ताहरूसँग छलफल गरेर काठमाडौँ फर्केका छन् । उनी पनि चाँडै ठोस निर्णय लिने तयारीमा रहेको स्रोतले जनाएको छ ।

नेतृ तथा स्थानीय निर्वाचनमा काठमाडौं महानगरको मेयरकी उम्मेदवार रन्जु दर्शना पनि नेतृत्वप्रति असन्तुष्ट छिन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू