अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५० | Colorodo: 16:05

हैसियतविनाको टोलीसँग वार्ता किन गर्ने ?

बिआरटीनेपाल २०७५ पुष १२ गते १९:२३ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य ओम पुनले हैसियतविनाको टोलीसँग वार्ता नगर्ने बताएका छन् । हैसियत विनाको टोलीसँग वार्ता नगर्ने भनेर नै महासचिवसँग भेट्ने वातावरण नबनाएको उनले बताए । 

उनले भने, ‘सरकारी टोली हामीसँग वार्ता गर्ने हैसियतकै थिएन । छलफल गर्ने र निकास दिने हैसियतको थिएन । सरकार गम्भीर भएको भए यस्तो वार्ता टोली बनाउँथ्यो त ?’

हामी कुनै क्षेत्रीय पार्टी वा तराईको कुनै समूहजस्तो नभएको उनले दावी गरे । उनले भने, ‘हामी जनयुद्धका उत्तराधिकारी हौँ । हाम्रो पार्टी संसदीय व्यवस्थाको विकल्पका रूपमा अगाडि बढेको शक्ति हो ।’

एकीकृत क्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणमा पार्टी अगाडि बढ्नेमा उनले विश्वस्त पारे । ‘हामी र हाम्रो पार्टी वैज्ञानिक समाजवाद स्थापनाका लागि निरन्तर लाग्छौँ । आफ्नो विचार, सिद्धान्तमा तलमाथि गर्ने पक्षमा छैनौँ,’ उनले भने ।  यो खबर आजको नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू