अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३८ | Colorodo: 10:53

एसिया प्यासिफिक समिटमा ओलीद्वारा गल्ती स्वीकार

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:५६ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले काठमाडौंमा भएको एसिया प्यासिफिक समिटमा कमीकमजोरी भएको स्वीकार्नु भएको छ । उहाँले राम्रै सन्देश जाने सोचेर सरकारले समिटमा सहयोग गर्दा नराम्रो सन्देश प्रवाह भएको र केही कमीकमजोरी भएको स्वीकार्नु भयो । मंसिर २९ गतेदेखि जारी स्थायी कमिटी बैठकमा जवाफ दिँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । तर यो गल्तीको लिखत भने नेकपाले नराख्ने भएको छ । ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले विगतमा भएका गल्ती सच्याउने प्रतिवद्धता जनाउँदै एसिया प्यासिफिकमा भएको कमजोरीको कुनै लिखत नराख्ने बताउनु भएको हो ।

सरकार र पार्टी नेतृत्वप्रति अधिकांश स्थायी कमिटी सदस्यको आक्रोश र गुनासो रहँदा ओलीले जवाफमा भन्नुभयो, ‘नेतृत्वबाट विगतमा भएका गल्ती सच्याउने प्रतिबद्धता गर्दछु, सरकारमा रहेर पटकपटक गल्ती दोहो¥याउनेलाई कारबाही पनि गर्छु ।’‘पार्टी एकतामा तलसम्म छलफल गर्न सकिएन, हामी दुई अध्यक्षले गरेका छौँ, यसमा नराम्रो भएको छैन,’ अध्यक्ष ओलीको भनाइ थियो, ‘अहिलेको सरकारले राम्रो काम गरिरहेको छ, यसको अशल परिणाम दुई वर्षपछि आउनेछ ।’

अध्यक्ष ओलीले पुसभित्र एकीकरण सकेर माघमा देशभर विशेष अभियान चलाउने बताउनु भयो । बैठक शुक्रबार बिहान ८ बजे बोलाइएको छ । अध्यक्षद्वयको प्रतिवेदन पारित भए शुक्रबार स्थायी कमिटी बैठक सकिने सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू