अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 11:35

‘सपथ खान पाउँ’ भन्दै दीपक मनाङेले दिए निवेदन

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:४८ मा प्रकाशित

अदालतको फैसलापछि रिहा भएका दीपक मनाङे भनिने राजीव गुरुङले गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको सपथ खान पाउँ भन्दै बिहीबार निवेदन दिएका छन् । मनाङ जिल्ला ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वा्चित गुरुङ थुनामुक्त भएको एक साता नबित्दै निवेदन दिएका हुन् ।

बिहीबार मध्यान्ह सेतो स्कारपियोमा गण्डकी प्रदेशको संसद सचिवालय प्रांगणमा पुगेका उनले आफ्नो प्रतिनिधि मार्फत प्रदेशसभाको सपथ खान पाउँ भन्दै निवेदन दिएका हुन् । गुरुङले दिएको निवेदन १८६ नम्बरमा दर्ता भएको छ । गण्डकी प्रदेशको संसद सचिवालयले भने यसको बारेमा सूचना दिन मानेको छैन ।

सपथका लागि निवेदन दिए पनि उनीविरुद्धको मुद्दाको फैसला नभइसकेकोले छिटै उनले सपथ लिन भने नपाउने बुझिएको छ । गुरुङ तत्कालिन नेकपा एमालेबाट मनाङ जिल्लाको ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्यको सपथ लिन नपाइ पक्राउ परेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू