अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

विप्लव नआएको र राउत कार्यदेशमै नपरेको उच्चस्तरीय राजनीतिक वार्ता टोलीको निष्कर्ष

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:४६ मा प्रकाशित

उच्चस्तरीय राजनीतिक वार्ता टोलीले विप्वल नेतृत्वको नेकपा वार्तामै नआएको र तराईमा गतिविधि चलाउँदै आएको सिके राउत समुह राजनीतिक नभएकाले उसँग वार्ताको एजेण्डा नै नबनाइएको निष्कर्ष निकालेको छ । मुलुक हाल द्वन्द्वरत अवस्थामा नरहेको निश्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालसम्म गरेका प्रगति सहितको बुझाइएको प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो ।

त्यस्तै, वार्ता समितिले आफ्नो कार्यकालमा ३ वटा समुहसँग हतियार बुझेको र उनीहरुलाई निशस्त्र घोषणा गरेको पनि जनाएको छ । विप्लव नेतृत्वको नेकपासँग पटक–पटक वार्ताका लागि प्रयास गरेपनि सफल हुन नसकेको तर भविश्यमा विप्लव नेतृत्वको नेकपासँग वार्ताको ढोका खुल्लै राखेर प्रतिवेदन बुझाएको समितिका सदस्य लिला भण्डारीले जानकारी दिनुभयो ।

सदस्य भण्डारीका अनुसार समितिले २६ वटा विभिन्न समुहसँग वार्ता गरेपनि खुम्बुवान मुक्ति मोर्चा जनतान्त्रिक तराई मुक्ति मोर्चा र विवेक साह समुहले मात्रै हतियार बुझाएको जानकारी दिनुभएको छ । गत भदौ ८ गते मन्त्रिपरिषदले सांसद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय अधिकार सम्पन्न उच्चस्तरीय वार्ता समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू