अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

प्रस्तावित प्रधानन्यायाधीशविरूद्ध परेका उजुरी माथि भोलिदेखि छलफल हुने

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:४५ मा प्रकाशित

प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर जबराविरूद्ध परेका नौ वटा उजुरीमाथी भोलिदेखि छलफल हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिको आज सिंहदरबारमा बसेको बैठकमा प्रधानन्यायाधीशमा प्रस्तावित जबराविरूद्ध परेको नौ वटा उजुरी अध्ययनका लागि समितिका सदस्यलाई वितरण गरिएको हो ।

बैठकले भोलि दिउसो ३ बजे उजुरीकर्तालाई छलफलका लागि बोलाउने कार्यतालिका पनि तय गरेको छ । उजुरीकर्तासँगको छलफलपछि प्रधानन्यायाधीशमा प्रस्तावित जबराको सुनुवाइको मिति तय गर्ने निर्णय पनि गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिका सदस्यले उजुरीको अध्ययन गरेपछि भोलि बस्ने बैठकमा उजुरीकर्तासँग छलफल गरिनेछ ।

संवैधानिक परिषदले यही पुस १७ गतेबाट प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश पाउने भएपछि सर्वोच्च अदालतका न्यायाधीश जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रधानन्यायाधीशमा प्रस्तावित जबरालाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू