अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५३ | Colorodo: 12:08

टर्कीमा ६ शताब्दी पुरानो मस्जिदलाई स्थानान्तरण गरियो

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:३९ मा प्रकाशित

टर्कीमा ६ शताब्दी पुरानो मस्जिद स्थानान्तरण गरिएको छ । ऐतिहासिक महत्वको सो मस्जिदलाई नभत्काइ अर्को ठाउँमा सारिएको हो । करिब दुई किलोमिटर पर उक्त मस्जिदलाई सार्न एउटा रोबोट यन्त्र प्रयोग गरिएको थियो । ३०० पांग्रा भएको सो यन्त्रले मस्जिदका तीन अलग अलग भागलाई क्रमशः स्थानान्तरण गरेको हो ।

१५ औं शताब्दीमा निर्माण भएको उक्त मस्जिद टर्कीको हसनकीफ सहरमा विशाल बाँध निर्माण हुने भएपछि स्थानान्तरण गरिएको हो । न्यू कल्चर पार्क फिल्डमा उक्त मस्जिदलाई सकुशल स्थानान्तरण गरिएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू