अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

राजदूत लक्की शेर्पाबारे प्रतिवेदन तयार

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:२४ मा प्रकाशित

सञ्चारमन्त्री गोकुल बास्कोटाले अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि छानविन प्रतिवेदन तयार भएको बताउनुभएको छ । प्रतिवेदन सरकारलाई प्राप्त भइसके पनि निर्णय लिन बाँकी रहेको उहाँको भनाई छ ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका बास्कोटाले सो जानकारी दिनुभएको हो । राजदुत शेर्पामाथि आफ्नै सवारी चालक वाङ्छु शेर्पाले पैसा खाएर आफुलाई अष्ट्रेलिया र्पुयाएको आरोप लगाएका थिए ।

परराष्ट्रमन्त्री र सचिव अमेरिका भ्रमण सकेर आएको र अहिले प्रतिवेदन अध्ययन गरिरहेको मन्त्री बास्कोटाले बताउनुभयो । मन्त्री र सचिवको अध्ययनपछि त्यसम्वन्धमा निर्णय आउने उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू