अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४८ | Colorodo: 17:03

सरकारप्रति जनता असन्तुष्ट – डा.भट्टराई

बिआरटीनेपाल २०७५ पुष ११ गते ७:११ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई सरकारप्रति जनता असन्तुष्ट भइरहेको बताउनुभएको छ । बुधबार विधेयक अधिवेशनको पहिलो दिन प्रतिनिधिसभालाई सम्बोधन गर्दै डा. भट्टराई जनताका अगाडि सरकारले आफ्नो छवि सुधार गर्नुपर्ने बताउनुभएको हो ।

’जनताले परिवर्तन खोजेको छ। तर, सरकारले जनताको अपेक्षा पूरा गर्न सकेको छैन’, डा. भट्टराईले भन्नुभयो,’रेल(पानी जहाजको टिकट काट्न भनियो, यो भन्न मिल्ने कुरा हो?’

मुख्यमन्त्रीहरू नै देशको अवस्था प्रति असन्तुष्ट भएको भन्दै उहाँले ’कतै संघीयताको विरोधमा त हुन लागेको छैन’ भन्ने प्रश्न समेत गर्नुभयो । ’देश भ्रष्टचारमा परिरहेको आम जनाताको गुनासो छ, जनप्रतिनिधिलाई नै यस्तो आरोप लाग्न थालेका छन’, डा. भट्टराईले भन्नुभयो, ’नक्कली कम्पनी खोलेर जहाज किन्ने काम भएको छ, यो कस्तो पारदर्शीता हो?’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू