अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

संसदमा सरकारविरुद्ध खनियो कांग्रेस, देशमा सरकार नै छैनः सभापति देउवा

बिआरटीनेपाल २०७५ पुष ११ गते ६:२८ मा प्रकाशित

आजदेखि शुरु भएको संसद्को हिउँदे अधिवेशनमा नेपाली काङगे्रस सरकारविरुद्ध खनिएको छ । संसद बैठकलाई सम्वोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाउनुभयो । सभापति देउवाले भन्नुभयो, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्यक्ति विशेषलाई जबर्जस्ती फसाउने काम भएको छ ।”

सङ्घीयता कार्यान्वयनसम्बन्धी कानून निर्माणमा सरकारले चासो नदिएकाले सङ्घीयतासम्बन्धी कुनै कानून बन्न नसकेको बताउँदै उहाँले भन्नुभयो, “सरकारले दलित, मधेशी, आदिवासी जनजातिलाई विश्वासमा लिन सकेको छैन, मधेशको मुद्दालाई सम्बोधन गर्ने पाटोमा सरकार उदासीन छ ।”

डा गोविन्द केसी लगायतसँग सम्झौता गर्ने कार्यान्वयन नगर्ने कुराले सरकार संविधान पालना गर्दैनन् भन्ने स्पष्ट भइसकेको जनाउँदै सभापति देउवाले भन्नुभयो, “सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन सरकारको तत्परता छैन ।”

विवादित संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले सघाएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “सरकार र राज्यको कुनै धर्म हुन्छ रु त्यो घटनाले सरकार कता जाँदैछ भन्ने स्पष्ट भएको छ, आफ्नो सरकारको पालामा ल्याइएको सामाजिक सुरक्षाको कार्यक्रमलाई मैले ल्याएको भन्न मिल्छ र?”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू