अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

स्थायी कमिटीमा प्रचण्डको जवाफ : सरकारका कामको दृढतापूर्वक प्रचार र रक्षामा एकतावद्ध भएर अगाडि बढ्नुपर्छ

बिआरटीनेपाल २०७५ पुष ११ गते ६:११ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले सबैका मुद्धा सम्वोधन गर्दै लगिने बताउनु भएको छ । उहाले सरकार गठन भएको १ वर्ष पनि पुगि नसकेकाले अहिले नै आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।

स्थायी कमिटीमा सदस्यहरुले प्रतिवेदनमाथी उठाएको जवाफ दिदै उहाले स्थायी समिति सदस्यले उठाएका विषय जायज रहेकाले बिस्तारै सम्बोधन गर्दै जाने आश्वासन दिनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रित भएर, त्यसको सेरोफेरोमा रहेर बैठकमा व्यक्त स्थायी समिति सदस्यहरुको विचार र सुझाबलाई पनि ध्यान दिँदै आफ्नो विचार प्रकट गर्नुभएको छु,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो, ’ उहाँले पार्टी एकताको ऐतिहासिक महत्त्व, त्यसको वस्तुगत र आत्मगत पक्षको बारेमा विचारहरु राख्नुभएको छ ।’

प्रचण्डले स्थायी समितिमा भएको छलफलबाट पार्टी एकतालाई बलियो बनाउने मात्रै होइन, सरकारलाई सफल बनाउने पनि आधार प्रदान भएको बताउनु भएको छ । उहाले सरकारका सकारात्मक कामहरुको दृढतापूर्वक प्रचार गर्ने, सरकारको रक्षा र प्रचारमा एकतावद्ध भएर अगाडि बढ्ने सबैसग अपिल समेत गर्नुभयो ।

करिव पौने दुई घण्टा बोल्नु भएका अध्यक्ष प्रचण्डले बैठकमा उठेका धारणाले नेतृत्वको कमीकमजोरीलाई बुझ्न मद्दत पुर्‍याएको बताउदै त्यसबाट शिक्षा लिएर सच्याउन अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । पार्टी र सरकारलाई अलगथलग होइन, द्वन्द्वत्मक सम्बन्धका आधारमा पार्टीले सरकारलाई सफल बनाउन सम्पूर्ण रुपले सहयोग गर्ने र सरकारले पार्टीलाई सहयोग गर्ने वातावरण बनाउने र सामूहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्न प्रचण्डले जोड दिनुभएको नेताहरुले बताउनु भएको छ ।

प्रचण्डले दिएको वक्तव्यले धेरै समस्याहरुको समाधान गरेको नेता झलनाथ खनालले बताउनु भयो । उहाले भन्नुभयो, ‘अरु सबै समस्याहरुको समाधान गर्नका लागि केन्द्रीय कमिटीको एउटा कार्यदल बनाएर हल गर्नुपर्छ भन्नुभएको छ ।’ यसैविच, आज अर्का अध्यक्ष केपी शर्मा ओलीले भने समय अपुग भएको भन्दै भोलीको बैठकमा धारणा राख्नुहुने भएको छ ।

भोली अध्यक्ष ओलीले धारणा राखेपछि प्रतिवेदन पारित गर्ने वा के गर्ने भन्ने टुंगो लाग्ने प्रवक्ता श्रेष्ठको भनाई छ । बैठक भोली दिउसो ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको छ । यसैबीच नेकपाको संसदीय दलको बैठक आज बस्दैछ । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा पार्टीको नीति र सरकारको कामकारबाहीका बारेमा छलफल हुने नेकपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू