अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०१ | Colorodo: 03:16

युद्धका क्रममा कश्मिरमा २ नेपाली सैनिकको मृत्यु

बिआरटीनेपाल २०७५ पुष ११ गते ३:२५ मा प्रकाशित

भारतको कश्मिरमा खटिएका दुई नेपाली गोर्खा सैनिकको युद्धका क्रममा मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा ९ का दुई सुवेदार ४२ वर्षका गमर बहादुर थापा र ३९ वर्षका रमन थापाको मृत्यु भएको भारतीय दैनिक अमर उजालाले आफ्नो अनलाइनमा लेखेको छ ।

पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा घाइते भएका उनीहरुलाई सुरुवाती प्राथमिक उपचारपछि श्रीनगरको ९२ बेस अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएको अमर उजालाको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू