अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३५ | Colorodo: 13:50

टेक्ससमा घरबारबिहीनलाई न्यानो कम्बल वितरण

विजय थापा २०७५ पुष १० गते १०:१२ मा प्रकाशित

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबारबिहीनलाई एक विशेष कार्यक्रममा न्यानो कम्बल वितरण गरेको छ । 

असहाय, घरबारबिहीन र मागेर समेत जीविकोपार्जन गर्दै आएका गरिब समुदायलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आएको संस्था एचडीएनपी इन्टरनेसनलले ड्यालसको फोर्टवर्थ युनिटी पार्कमा ३ सय ७४ कम्बल वितरण गरेको छ ।

अमेरिकामा निकै जाडो बढ्दै गरेको अवस्थालाई मध्य नजर गर्दै एचडीएनपी इन्टरनेसनलले डिसेम्बर तारिखमा पर्ने इसाई पर्वको ठिक एक दिन अगाडी ( क्रिसमसको सँघारमा) कम्बल वितरण गर्न सफल भएको छ । 

एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी डेविड आचार्यले यो मानवीय कार्यमा सहयोग गर्नु हुने विशेष प्रोजपेरिटि बैङ्कका ब्रेट ,बाल जोशी तथा वासु भण्डारी लगायत युवा कार्यकमका संयोजक श्री यम जोशी लगायत स्वयम् सेवक तथा सबैमा धन्यवाद दिएका छन् । 

उक्त कम्बल वितरण गर्नेहरूमा श्री यम जोशी स्वयम् संयोजक रहेका थिए उनले १ सय १५ ,डा विष्णु उपाध्यायले ३०,किम्बर्ले फ्रीटज प्याट्रिकले ७५, पुण्य फाउन डेसनले ४०, नरेश राज पाण्डेले २०, ड्यालस फिलिपिनो लाइन्स क्लबले २०, श्री सत्य साइ केन्द्रले १०, सङ्गीता स्थापितले १०, सबिना श्रेष्ठले ५,विष्णु गुरुङले ५, जेरेमिहा ड्रीग्गरले ५ तथा एचडीएनपी टोलीले ५९ वटा कम्बल वितरण गरेको थियो ।

यसै गरी यो संस्थाको शाखा रहेको नेपालले पनि हरेक महिनामा नेपालको पशुपतिनाथमा घरवारबिहिन तथा आफ्ना सन्तानबाट तिरस्कृत भएका वृद्धहरूलाई विशेष सहयोग प्रदान गर्दै आएको छ । टेक्सस राज्यको ड्यालसमा स्थापना भएको एचडीएनपी इन्टरनेसनलले स्थापना कालदेखि नै घरबाहरबिहीन मानिसहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आएको लाई निरन्तरता दिएको छ । संस्थाले समाज सेवाको साथै उनीहरूको लागि स्वास्थ्य, शिक्षा र जिविको पार्जन गर्नेदेखि लिएर उनीहरूलाई सशक्तीकरण गर्ने काम पनि गरी रहेको छ । हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल) अमेरिकी सरकारको मुनाफा रहित सामाजिक संस्थामा दर्ता भएको छ । 

प्रतिक्रिया