अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०५ | Colorodo: 15:20

नेपाल र भारत बीच इनर्जी बैंकिङ सम्वन्धि सम्झौता हुँदै

बिआरटीनेपाल २०७५ पुष १० गते ९:५४ मा प्रकाशित

नेपाल र भारत बीच इनर्जी बैंकिङ सम्वन्धि सम्झौता हुने भएको छ । त्यसका लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेपाल, भारत उर्जा उर्जा आदान प्रदान समितिको बैठकमा भाग लिन मंगलबार भारत जादै छन् । बैठक इनर्जी बैंकिङका विषयमा केन्द्रित हुने उर्जा मन्त्रालयले जनाएको छ । बैठकमा लामो समयदेखि कुरा चल्दै आएको इनर्जी बैंकिङको विषयमा सम्झौता हुने बताइएको छ ।

बर्खायाममा नेपालमा बिजुली खेर जाने र हिउँदमा कम भएर भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ । यसको अन्त्य गर्न बर्खायाममा नेपालले भारतलाई बिजुली दिने र त्यति नै बिजुली हिउँदमा नेपाल ल्याउनको लागि इनर्जी बैंकिङको अवधारणा ल्याइएको हो ।भारतका केही ठाउँमा सिँचाइको कारण बर्खायाममा पनि बिजुली अभाव भैरहेकाले भारतले पनि इनर्जी बैंकिङमा चासो दिँदै आएको छ ।

प्रतिक्रिया