अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०४ | Colorodo: 14:19

कफी पिउनु स्वास्थ्यका लागि घातक

बिआरटीनेपाल २०७५ पुष १० गते ९:१२ मा प्रकाशित

जाडोमा धेरै मानिसले मन पराउने भनेको कफी हो । चिसो मौसममा कफी स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । तर
ब्रिटेनको सरकारी स्वास्थ्य संस्थाले गरेको अध्ययनले एक दिनमा चार कपभन्दा बढी कफी पिउनु स्वास्थ्यका लागि घातक मानिएको छ ।

अध्ययनअनुसार कफीमा कफिनको मात्रा धेरै हुन्छ, त्यसकारण मानिसलाई निन्द्रा नलाग्ने, मानसिक तथा शारीरिक समस्या पनि बढाउने, डर पैदा गर्ने तथा मुटुको धड्कन रोक्ने सम्भावनासमेत हुने देखाएको छ ।

गर्भवती महिलाले दिनमा दुई कपभन्दा बढी कफी सेवन गर्नु राम्रो हुँदैन। कफीको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ।नवजात शिशुको वजन पनि कम हुन्छ वा जन्मिँदै शारीरिक तथा मानसिक रुपमा असर पर्ने अनुसन्धानले देखाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू