अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

चार महिनापछि जापानमा रोजगारी, मासिक २ लाख तलब

बिआरटीनेपाल २०७५ पुष १० गते ८:५८ मा प्रकाशित

सन २०१९ को अप्रिलदेखि जापानमा नेपालीका लागि रोजगारी खुल्ने भएको छ । नेपालसहित ९ देशका कामदारलाई सहज हुने गरी कानुन परिमार्जन गरेपछि नेपाली कामदारले जापान जा पाउने भएका हुन् ।

गत साता मात्र संशोधन भएको अध्यागमन नियन्त्रण कानुनले बढी भन्दा बढी विदेशीलाई राष्ट्रिय श्रमशक्तिमा जोड्ने योजना जापान सरकारले अघि सारेको हो । जापानले नयाँ भिसा अन्तर्गत जेष्ठ नागरिकको स्याहारसुसार, १८ वर्ष उमेर पुगेका ३ लाख ४५ हजार विदेशीलाई कृषि, निर्माणसहित विविध १४ क्षेत्रमा स्वीकार्ने भएको छ ।

जापानले ४७ हजार कामदार सन २०१९ मा भित्र्याउने तयारी गरेको छ । नेपाली कामदारले जापानमा काम गर्दा मासिक २ लाख रुपैयाँसम्म तलब पाउन सक्नेछन् । जापानमा २२ हजार ७ सय नेपाली कामदार श्रम अनुमति लिएर काम गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू