अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०४ | Colorodo: 02:19

नेपालको नाम चम्काउने बडी बिल्डर महेश्वरलाई तीन लाख दिइने

बिआरटीनेपाल २०७५ पुष १० गते ८:५० मा प्रकाशित

नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेको छ ।  नेपाल बडी बिल्डिङ एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले विज्ञप्त जारी गर्दै महेश्वरलाई सङ्घका तर्फबाट रु तीन लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महेश्वरले सङ्घको मात्रै नभई सिङ्गो देशको नाम उचो बनाएको उहाँको भनाइ छ ।

थाइल्याण्डको चाङमईमा भएको १०औं विश्व च्याम्पियनशिपमा स्वर्ण जितेर नेपालको नाम संसारमा चिनाउन सफल भएको भन्दै सङ्घले महर्जनलाई सो सम्मान प्रदान गर्न लागेको हो । विश्व च्याम्पियनशिपमा नेपाली बडी बिल्डर विजेता बनेको यो पहिलोपटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जित्नुभएको थियो । च्याम्पियनशिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक जित्नुभएको थियो । बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू