अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

थाइल्यान्ड जिमखाना प्रतियोगितामा नेपालकी जिस्वाँ तेस्रो स्थान प्राप्त गर्न सफल

बिआरटीनेपाल २०७५ पुष १० गते ८:४६ मा प्रकाशित

नेपाली खेलाडी जिस्वाँ तुलाधार श्रेष्ठ ‘सुपरस्टेज थाइल्यान्ड जिमखाना कम्पिटिसनमा’ मा तेस्रो हुनुभएको छ । थाइल्यान्डको बैंककमा आइतबार भएको ‘सुपरस्टेज थाइल्यान्ड जिमखाना कम्पिटिसन २०१८’ को महिलातर्फ जिस्वाँ तेस्रो हुनुभएको हो ।
बैंककमा सफलता प्राप्त गरेपछि जिस्वाँले आगामी दिन थप उचाइ प्राप्त गर्न मेहनेत गर्ने बताउनुभयो । उहाँ उक्त प्रतियोगितामा नेपालको तर्फबाट भाग लिने पहिलो महिला राइडरसमेत हुन् । च्याम्पियनसिपमा इन्डोनेसियाकी खेलाडी पहिलो हुँदा ताइवानकी खेलाडीले दोस्रो स्थान प्राप्त गरेका छन् ।

पुरूषतर्फ नेपालका आशिष भारती र दिव्यज्योतिले प्रतिस्पर्धा गरे पनि सफलता हात पार्न सकेनन्। प्रतियोगितामा १६ देशका ४८ खेलाडीले ४ विधामा चुनौती प्रस्तुत गरेका थिए । नेपाल अटो मोबाइल एसोसियसन (नाडा) अन्तर्गतको नेपाल मोटर स्पोर्ट्स क्लबले देशव्यापी प्रतियोगिताबाट छनोट गर्दै थाइल्यान्डमा सहभागिता गराउँदै आइरहेको छ। घरेलु प्रतियोगितामा च्याम्पियन खेलाडीले मात्र थाइल्यान्डमा सहभागिता जनाउन पाउने नियम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू