अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

नेपाल भित्रिएका ५ विद्युतीय गाडी सरकारद्धारा अस्वीकृत

बिआरटीनेपाल २०७५ पुष १० गते ८:४४ मा प्रकाशित

नेपाल सरकारले काठमाडौं भित्र्याइसकेका पाँचवटा चिनियाँ विद्युतीय मिनी बस अस्वीकार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चालकसहित नेपाल भित्र्याएको २० सिट क्षमताका गाडी अस्वीकार गरेको हो।

प्राविधिक समितिले दिएको प्रतिवेदनअनुसार तोकिएको मापदण्डअनुसार गाडी नआएकाले अस्वीकार गर्ने निर्णय गरिएको हो। उक्त निर्णयको जानकारी गाडी उपलब्ध गराउने कम्पनी बीवाईडी अटो इन्ड्रस्टी कम्पनीलाई मन्त्रालयले दिइसकेको छ। मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाका अनुसार विद्युतीय गाडी टेन्डरमा तोकिएको स्पेसीफिकेसनअनुसार सवारी आउनुपर्नेमा नआएकाले अस्वीकार गरिएको बताउनुभयो । मेकानिकल इन्जिनियरले तयार पारेको रिपोर्टअनुसार मागअनुसारका गाडी नआएकाले अस्वीकृत गर्ने निर्णय भएको हो। गाडी दिने कम्पनीलाई साट्न वा फिर्ता लैजान सरकारले भनेको छ ।

कात्तिक ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोलीले उद्घाटन गरेको यो गाडी मन्त्रालयले अस्वीकार गरेपछि पहिलो सार्वजनिक प्रयोजनको गाडीको भविष्य अन्योलमा परेको छ। ओलीले सन् २०२० सम्म नेपालमा विद्युतीय सवारी २० प्रतिशत पु¥याउने जनाउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू