अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

बडी बिल्डिङमा स्वर्ण पदक बिजेता महेश्वर महर्जन स्वदेश फिर्ता, बिमानस्थलमा भव्य स्वागत

बिआरटीनेपाल २०७५ पुष १० गते ८:३८ मा प्रकाशित

विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएका बडी बिल्डर महेश्वर महर्जन स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई मंगलवार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा भव्य स्वागत गरिएको छ ।

थाइल्याण्डको चाङमइमा भएको १० औं विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्किएका महर्जनलाई विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले स्वागत गर्नुभएको थियो । पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताउनुभयो । अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएकोमा आफूलाई गौरवान्वित महशुस भएको महर्जनले उल्लेख गर्नुभयो ।

यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बर्ल्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल हुनुभएको थियो । विश्व च्याम्पियनसीपमा नेपाली बडी बिल्डर विजेता बनेको यो पहिलो पटक हो ।

प्रतिक्रिया