अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२० | Colorodo: 02:35

ईन्डोनेसिया – सुनामीबाट मुत्यु हुनेको संख्या ४२९ पुग्यो, १५० बेपत्ता हजारौं विस्थापित

बिआरटीनेपाल २०७५ पुष १० गते ८:३५ मा प्रकाशित

इन्डोनेसियामा गत शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको संख्या ४२९ पुगेको छ । यस प्रकोपमा १ हजार २१ जना घाइते हुनुका साथै १५० जना अझै बेपत्ता रहेको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोको भनाईलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

सो प्रकोपका कारण हजारौं स्थानीयवासी विस्थापित भएको अधिकारीहरुले जनाएका छन् । ज्वालामुखी विस्फोटपछि आएको सामुद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको हो । इन्डोनेसियाका सुन्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट भएसंगै भीषणरुपमा सुनामी आएको थियो ।

सुनामीका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौं भवन ध्वस्त भएको बताईएको छ । बिपत्तिमा परेकाहरुको खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने जनाईएको छ । यस वर्ष इन्डोनेसियामा आएको यो तेस्रो ठूलो प्राकृतिक विपत्ति हो । यसअघि, जुन, अगस्ट र सेप्टेम्बर महिनामा लोम्बोक द्वीपमा आएको भूकम्प र सुनामीमा कारण २ हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू