अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

पोखरामा लेखनाथ महोत्सव जारी

बिआरटीनेपाल २०७५ पुष १० गते ८:३३ मा प्रकाशित

लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित लेखनाथ महोत्सव जारी हेको छ । महोत्सवको छैठौं दिन मंगलवारसम्म करिव ६ करोड वरावरको आथिृक कारोवार भएको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नाराका साथ पुस ५ गतेदेखि सुरु भएको महोत्सवको प्रतिदिन दर्शकको चापसँगै आर्थिक कारोबारमा पनि बृद्धि हुँदै गएको आर्थिक संयोजक राजेन्द्र ओझाले जानकारी दिनुभयो ।

बिहान १० बजेदेखि साझ आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि सुरुमा विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीता, गायन विधाको गण्डकी ताराका प्रतिस्पर्धीको प्रस्तुती, साथका ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, हास्य प्रहश्न र साँझमा युवा युवतीहरुलाई लक्षित गर्दै राखिने पप कन्र्सटले महोत्सवलाई थप रोचक बनाएको आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले बताउनुभयो ।

महोत्सवमा मंगलबार दोहोरीतर्फ मीलन लामा, प्रीति आले, घनश्याम रिजाल, मिरा पोख्रेल, प्रदीप त्रिपाठी, मिस्मा लामा, लाइभ पप कन्र्सटतर्फ राजेशपालय राई साथमा आरती सापकोटा र सुशील शिलवालको प्रस्तुति रहेको थियो ।

प्रतिक्रिया