अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

प्रधानमन्त्री र राजपा नेताबीच भेटवार्ता – माग सम्वोधनको लागि सरकारले माग्यो ७ दिनको म्याद

बिआरटीनेपाल २०७५ पुष १० गते ८:२६ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजपा अध्यक्ष मण्डलका सदस्यले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

छलफलमा राजपा संयोजक राजेन्द्र महतो, अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, महिन्द्र राय यादव, शरदसिंह भण्डारी, राजकिशोर यादवलगायतका नेताहरुको सहभागिता रहेको थियो । राजपाले संविधान संशोधनलगायत मागलाई सरकारले वेवास्था गरेको भन्दै लामो समयदेखि आपत्ति जनाउँदै आएको छ ।

राजपा नेता शरदसिंह भण्डारीका अनुसार राजपाले उठाउदै आएका माग सम्बोधनका लागि प्रधानमन्त्री ओलीले सात दिनको म्याद माग्नुभएको छ । राजपाले संविधान संशोधन, सांसद निर्वाचित रेशम चौधरीको शपथलगायत माग अगाडि सारेको छ । मागका विषयमा छलफल गर्दा प्रधानमन्त्री ओलीले सात दिनको समय माग्नुभएको हो । सरकारले पार्टीका माग सम्बोधन नगरेको भन्दै राजपाले यसअघि नै पटक–पटक सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिंदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू