अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२० | Colorodo: 01:35

क्रिसमस डे, विभिन्न कार्यक्रम गरी मनाईदै

बिआरटीनेपाल २०७५ पुष १० गते ८:२५ मा प्रकाशित

आज २५ डिसेम्बर अर्थात् क्रिश्चियन धर्मका संस्थापक जिसस क्राईष्टको जन्मोत्सव । क्रिसमसडेका रुपमा बिश्वभर विविध कार्यक्रम गरी मनाईदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथ्लेहममा कन्या मारियमको कोखबाट क्राईष्टको जन्म भएको विश्वास गरिन्छ । सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउन क्राईष्ट आफैं क्रसमा चढेको उहाँका अनुयायीको भनाइ छ ।

जिसस क्राईष्टले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास पनि गरिन्छ । नेपालमा हजारौं चर्च तथा ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको अनुमान छ । बि. सं २०६४ साल अघिसम्म क्रिसमसडे चर्चमा मात्र सीमित हुने गरेकोमा केही वर्षदेखि सार्वजनिक स्थलमै विविध सांगीतिक कार्यक्रम गरेर मनाउने गरिएको छ । क्रिसमसका उपलक्ष्यमा पोखराको लेकसाईड, काठमाडौंको ठमेल, बौद्धमा विशेष कार्यक्रम हुने गरेको छ । त्यस्तै ललितपुर, भक्तपुर, लगायतका शहरमा पनि सांगीतिक लगायतका बिबिध कार्यक्रम गर्ने गरिएको छ ।

क्रिसमसको अवसरमा क्रिसमस ट्रीलगायतका सजावटले बजार र ठूला व्यापारिकस्थलमा आकर्षण थपिने गर्छ । क्रिसमसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिनुभएको छ । सरकारले वि. सं ०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिने गरेकोमा गत वर्षबाट कटौती गरेको छ । यद्यपि, क्रिश्चियन धर्मालम्बीले भने आजको दिन बिदा पाउँछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू