अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

सर्तबाट पछि हट्यो भारत, नेपालमा उत्पादित विद्युत् किन्न तयार

बिआरटीनेपाल २०७५ पुष ९ गते १८:५३ मा प्रकाशित

काठमाडौँ – दक्षिणी छिमेकी भारतले नेपालको विद्युत् व्यापारमा दुई वर्षअघि लगाएको तगारो हटाउँदै अब जोसुकैले उत्पादन गरेको भए पनि बिजुली किन्ने निर्णय गरेको छ। यो समाचार नागरिक दैनिकमा छ । 

२०१६ डिसेम्बर ५ मा क्रस बोर्डर विद्युत् व्यापार निर्देशिका परिमार्जन गर्दै भारतले आफूले ५० प्रतिशतभन्दा कम लगानी गरेका नेपाली आयोजनाबाट उत्पादित बिजुली नकिन्ने निर्णय गरेको थियो।

ठिक एक वर्षपछि डिसेम्बर १८ मा निर्देशिका परिमार्जन गर्दै भारतले पहिलेको सर्त उल्टाएको हो। अब भारतले नेपालमा जुनसुकै मुलुक वा कम्पनीले उत्पादन गरेको बिजुली किन्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू