अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

प्रधानमन्त्री कार्यालयभित्रै लुँडो खेल

बिआरटीनेपाल २०७५ पुष ९ गते १८:४० मा प्रकाशित

काठमाडौँ – आइतबार दिउँसो २ः३० बजे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी एक महिला कर्मचारी मोबाइलमा लुँडो खेलिरहेकी थिइन् । 

खेलअनुसार उनको अनुहारको हाउभाउ बदलिन्थ्यो । कहिले खुसी हुन्थिन्, कहिले दुखी । उनको कम्प्युटर ‘अन’ थियो । तर, उनी कम्प्युटरमा काम गरिरहेकी थिइनन् । कुर्सीमा उपरखुट्टी लगाएर बसिरहेकी थिइन् । टाउको मोबाइलतिर झुकाएकी थिइन् । बिना कुनै प्रतिक्रिया, बिना कुनै हलचल, बिना कुनै काम सिंहदरबारको पुस्तकालयमा बसी घण्टौँ लुँडो खेलिरहिन । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू