अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

कालीकोटको खाँडागाउँमा आगलागी, ३० घर जले

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:५१ मा प्रकाशित

विकट पलाता–१ खाँडागाउँमा भीषण आगलागी भएको छ । स्थानीय शिक्षक नवीन न्यौपानेको घरबाट सुरु भएको आगोले खरका छाना भएका खाँडा गणेश आधारभूत विद्यालयजसँगैको टोलका ३२ मध्ये ३० घर जलिसकेका छन् ।

पलाता सुख्खाग्रस्त क्षेत्र हो। पानीको स्रोत नजिक नभएकोले आगलागी नियन्त्रण गर्न कठिन भएको छ। मानवीय क्षतिबारे जानकारी प्राप्त भएको छैन। आगो अझै नियन्त्रणमा नआएको गाँउपालिका अध्यक्ष लक्ष्मणवहादुर बमले बताउनुभयो ।
घटनास्थल कालीकोटको सदरमुकाम मान्मबाट २१ कोष टाढा बाजुरा नजिक पर्छ। गाँउपालिका अध्यक्ष बमका अनुसार स्काइ मोबाइल मात्र टिप्ने पलातामा टावर गएपछि राति ३ बजेपछि सम्पर्क हुन सकेको छैन।

आगो नियन्त्रणका लागि ४० जना पलाता विकास निर्माण कार्य दलका सदस्य गाँउ पुगेका छन् भने अन्यत्रबाट पनि आगालागी नियन्त्रण र उद्दारमा जुट्न भनिएको छ। सदरमुकाम मान्मबाट सशस्त्र प्रहरीको टोली पनि पलातातर्फ लागेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू