अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

तिब्बतसँग जोडिएको गोरखाको सामागाउँमा भिषण डढेलो, हेलिकप्टरबाट ग्यास र पानी फाल्न सुझाव

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:५० मा प्रकाशित

उत्तरी गोरखाको तिब्बतसँग सिमाना जोडिएको चुमनुब्री गाउँपालिका वडा नम्बर १ को सामागाउँस्थित जंगलमा भिषण आगो लागेको छ । गएराती आगो लाग्न सुरु भएको त्यहाँ प्रहरी र स्थानीय मिलेर आगो निभाएर फर्किएपछि पुनः सोमवार आगलागी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी भोला रावलले बताउनुभयो ।

‘सानो जंगलबाट शु भएको आगो ठुलो जंगलतर्फ पुगेको छ’, रावलले भन्नुभयोे, ‘भिर भएकाले त्यहाँ भएका प्रहरी र स्थानीयले निभाउन सक्ने अवस्था छैन।’ दुर्गम भएकाले त्यहाँसम्म जनशक्ति पठाउन सदरमुकामबाट पाँच दिन पैदल हिड्नुपर्छ। भिरालो जंगल भएकाले निभाउन अर्को समस्या छ। अहिले आगो झनै दन्किरहेको वडाध्यक्ष वीरबहादुर लामाले जानकारी दिनुभयो । आगो निभाउने हेलिकप्टरबाट ग्याँस फाल्ने वा पानी खन्याउने भन्दा अर्को उपाय नरहेको स्थानीयले बताएका छन्।

सामागाउँमा ठुलो जंगल छ। त्यहाँका स्थानीय काठ लिएर तिब्बत जाने, तिब्बतबाट खाद्यान्न लिएर आउने गर्छन। घना जंगल रहेको उक्त ठाउँमा पुरै जंगल डढेलोले सखाप पार्ने खतरा भएपछि स्थानीय पनि चिन्तित छन्। डढेलो लागिरहेकाले कति क्षेत्रफलको जंगलमा आगलागी भयो भन्ने अझै यकिन भइसकेको छैन्। के कारण डढेलो लाग्यो भन्नेबारे थाहा भएको छैन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू