अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०२ | Colorodo: 11:17

पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफ फेरि भ्रष्टाचारी ठहर, सात वर्षको जेल सजाय

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:४६ मा प्रकाशित

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको नयाँ मुद्दामा सात वर्षको जेल सजाय सुनाइएको छ । सोमबार इस्लामावादको एक अदालतले सरिफविरुद्ध आम्दानीको तुलनामा अधिक सम्पत्ति जोडेको मुद्दामा दोषी ठहर गरेको हो ।
यो मुद्दा अल अजिजिया स्टील मिल्स्सँग जोडिएको थियो । गत जुलाईमा सरिफलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्दै १० वर्षको जेल सजाय सुनाइएको थियो । सरिफ जेलमा रहँदा भएको चुनावमा उनको पार्टी पराजित भएको थियो ।

इमरान खान प्रधानमन्त्री भएको केही दिनमै इस्लामावाद उच्च अदालतले सरिफलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो । सरिफका परिवारले भ्रष्टाचारका विभिन्न मुद्दा सामना गरिरहेका छन् । सोमबार भएको फैसलापछि सरिफको पार्टीले विरोध प्रदर्शनको घोषणा गर्दै उहाँलाई जेल पठाइए संसदीय कारबाही प्रभावित पार्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू