अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०७ | Colorodo: 14:22

ओली–प्रचण्डको प्रतिवेदन सर्वसम्मतीले पारित हुन्छ – नेकपा नेता गजुरेल

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:३२ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतीले पारित हुने दाबी गर्नुभएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो । नेता गजुरेलले पार्टी बैठकमा वामदेव गौतमले छुट्टै प्रतिवेदन नभएर सुझावको रुपमा पेश गरेको जिकिर गर्नुभयो ।

पार्टीको जारी स्थायी समिति बैठकमा सदस्यहरुले खुलेर आफ्ना कुराहरु राखेको उल्लेख गर्दै सम्भावना पहिल्याउन र चूनौतिहरु सामना गर्न आफुहरु सफल भएको बताउनुभयो । अब पार्टी एकताबद्ध भएर अघि बढनेपनि विश्वास दिलाउनुभयो ।
फरक प्रसँगमा गजुरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिन्दूराष्ट्रको कुरा उठाएकोमा आपत्ति जनाउनुभएको छ । गजुरेलले एशिया प्यासिफिक समिटबारे सरकारलाई बढाईचढाई गरेर आरोप लगाउने काम भएको पनि दाबी गर्नुभयो ।

कार्यक्रममा वोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एन.पी. साउदले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले धर्मनिरपेक्षताको ठाउँमा धार्मिक स्वतन्त्रता बनाउने बहस पार्टी भित्र चलेको बताउनुभयो । यद्धपी उहाँले कांग्रेसले हिन्दूराष्ट्रको मुद्दा नबोकेको जिकिर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू