अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५२ | Colorodo: 21:07

निर्मलाको हत्यारा पत्ता लगाउन संयुक्त राष्ट्र संघलाई आग्रह

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:३१ मा प्रकाशित

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाइदिन भन्दै विद्यार्थीहरुले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले १५० दिन पुगिसक्दा पनि सरकारले हत्यारा पत्ता नलगाएको भन्दै हस्ताक्षर संकलन गरी सोमबार पुल्चोकस्थित संयुक्त राष्ट्र संघको कार्यालयमा बुझाएका छन् ।

यसअघि उनीहरुले माइतीघर मण्डलामा जम्मा भएर निर्मला पन्तको न्यायको निम्ति आवाज बुलन्द गरिदिन आहृवान गर्दै हस्तक्षार अभियान संकलन गरेका थिए । निर्मला पन्तलाई न्याय दिन अन्तर्रा्ष्ट्रिय समुदायलाई पहल गरिदिन आग्रह गर्दै हस्ताक्षर संयुक्त राष्ट्र संघमा बुझाएको विद्यार्थीहरुले बताएका छन् ।

‘निर्मलाको न्यायको निम्ति अभियान’ मा सहभागी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले बलात्कारलगायतका महिलाहिंसा हुन नदिन सबैलाई सचेत रहन पनि आहृवान गरेका छन् । गत साउन १० गते बलात्कारपछि हत्या गरिएको अवस्थामा भेटिएका बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउने कामका सरकार असफल भएपछि विद्यार्थीहरुले एकसातादेखि हस्ताक्षर संकलन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू