अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

धरानमा मिस पुर्वान्चलको ट्राफिक सचेतना

बिआरटीनेपाल २०७५ पुष ८ गते १०:०९ मा प्रकाशित

धरान, धरानको सबैभन्दा व्यस्त चोक भानुचोकको भिड र अस्तव्यस्तताको कुरा जति गरे पनि सकिन्न । अस्त्यबस्त रहेको व्यस्त भानुचोकमा सडक पेटीबाट हिड्नुस, हेल्मेट लगाएर मात्र यात्रा गर्नुस्, हर्न नबजाउनु होस लगायतका विभिन्न ट्राफिक सचेतनामूलक पर्चाहरू बोकेर मिस पुर्वान्चल २०१८ का १४ जना प्रतियोगीहरू पैदल तथा सवारी धनी यात्रुहरूलाई ट्राफिक सचेतना बारे जानकारी दिँदै पर्चा बाँड्दै गरेको देखिन्थ्यो । 

आगामी पौष १४ गते धरानको इजी राइड्रसहोटलमा आयोजना हुने पूर्वकै सबैभन्दा ठुलो तथा प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस पुर्वान्चल नवौँ संस्करणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरानको समन्वय तथा पुर्वान्चल लुब्रिकेन्ट्स विराटचोकको सहयोगमा आयोजित ट्राफिक सचेतना कार्यक्रम आयोजना भएको हो, जुन मिस पुर्वान्चलको पहिलो संस्करण देखि नै नियमित रूपमा प्रतियोगीहरूलाई ट्राफिक सचेतना बारेमा जानकारी दिएर यो अभियानमा संग्लन गराइन्छ । 

प्रतियोगीहरूले एकछिनको समय लिएर भानुचोकमा ट्राफिकको भूमिका निभाउँदै हेल्मेट नबाँधी मोटरसाइकल चलाउनेलाई रोकेर हेल्मेट बाँधेर मात्र मोटरसाइकल चलाउन नभए दुर्घटनाले ज्यान लिन्छ भन्ने सन्देश दिएका थिए भने बिच बाटोबाट हिँड्नेलाई सडक पेटीबाट हिँड्न सुझाव दिएका थिए र जहितहि बाटो काटेर हिँड्ने सफारीलाई पनि आफ्नो बाटोमा हिँड्न र भिड नगरी दिन भन्दै सचेत गराएका थिए । 

एकैछिनको लागि भए पनि ट्राफिकको भूमिका निभाउन पाउँदा प्रतियोगीहरूमा नयाँ अनुभव तथा सचेतना आफूमा नै आएको महसुस गरेको देखिन्थ्यो । सचेतना कार्यकर्म अघि जिल्ला ट्राफिक प्रहरी कार्यालय, धरानको कार्यालयमा मिस पुर्वान्चल २०१८ का प्रतियोगीहरूलाई प्रहरी निरीक्षक तथा कार्यालय प्रमुख बाबुकाजी गिरिले ट्राफिक नियम सम्बन्धी तथा ट्राफिक सचेतनाका विषयमा जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया