अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२३ | Colorodo: 12:38

विद्यालयमा बृहत् साङ्गीतिक कार्यक्रम

बिआरटीनेपाल २०७५ पुष ८ गते ९:२९ मा प्रकाशित

श्री सिपातिनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सव कार्यक्रम इन्द्रावती-९ भोटसिपा गाईखर्कमा बृहत् साङ्गीतिक कार्यक्रमको आयोजना गरिएको छ । समारोहमा काठमाडौँबाट निमन्त्रणा गरिएको वरिष्ठ कवि, गीतकार एवं गायक सुरेन्द्र महर्जन”अमर” गायिका सङ्गीता रायमाझी, रीतिका जिरेल, गायक सूर्य कमल राई, आसमान लोचन, रोशन कुमार श्रेष्ठ लगायतले कार्यक्रममा गीतहरू प्रस्तुत गरिएको थियो । गीतको ताल सुरमा बच्चादेखि बुढा बुढी सबै नाचेर रमाएको थियो । 

मनोरञ्जनको लागि नृत्य लगायत अन्य विविध अन्य कार्यक्रमहरू पनि प्रस्तुति रहेका थिए । विद्यालयमा अध्यन गर्ने छात्र छात्राहरूलाई नृत्य प्रस्तुत गरेपछि सिल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” द्वारा लिखित पुस्तकहरू भाग्य (गीतिनाटक), अनुष्का (उपन्यास), मिस्ड कल (उपन्यास), अदभूत (उपन्यास) लगायतका पुस्तकहरू श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको पुस्तकालयको लागि उपहार स्वरूप ३ दर्जन पुस्तक प्रदान गएको थियो भने उपस्थित गाउँ पालिकाका सम्पूर्ण दर्शक श्रोता सबैलाई पुस्तक वितरण गरिएको थियो ।

श्री सिपातीनधारा जनता माध्यमिक विद्यालयको ७१औं वार्षिकोत्सवको अवसरमा छत्रलाल श्रेष्ठको सभापतित्वमा प्रमुख अतिथि इन्द्रावती गाउँ पालिका का अध्यक्ष वंशलाल तामाङको उपस्थितिमा उपाध्यक्ष मिरा अधिकारी लामा र विद्यालयका प्रमुख अध्यक्ष श्याम रम्तेल लगायतको उपस्थितिमा महेन्द्र कुमार तामाङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । एजुकेसन एण्ड लाइभ हुड-पार्टनर सिप (HELP) द्वारा विद्यालयमा अध्यनरत विद्यार्थीहरूकालागि झोला,कापी, पेन आदि सहयोग गरिएको थियो । प्लान इन्टरनेशनल नेपाल र नेपाल युथ फाउन्डेसनद्वारा २०७२ सालको भूकम्पपछि विद्यालय पुन: निर्माण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू