अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

लन्डन बिमानस्थलमा ड्रोन उडाउने दुई जना पक्राउ

बिआरटीनेपाल २०७५ पुष ८ गते ७:११ मा प्रकाशित

बेलायतको लन्डनस्थित व्यस्त ग्याटविक विमानस्थलमा मानवरहीत यन्त्र (ड्रोन) उडाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इसाई धर्मावलम्बीको ठूलो पर्व क्रिसमसको पूर्वसन्ध्यामा छुट्टी मनाउन हिँडेका लाखौं यात्रु ड्रोनका कारण विमानस्थल बन्द गरिएपछि विमानस्थलमै अलपत्र परेका थिए।

ड्रोन उडाएको आरोपमा एक पुरुष र एक महिला पक्राउ परेको बताइएको छ। ४७ वर्षीय पुरुष र ५४ वर्षीय महिलालाई शुक्रबार अबेर स्थानीय क्षेत्रबाटै पक्राउ गरिएको प्रहरीले बताएको छ। नागरिक उड्डयन सेवालाई प्रभावित गरेको अभियोगमा उनीहरुलाई शनिबार हिरासतमा राखेर सोधपुछ गरिएको प्रहरीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। पक्राउ परेका महिला तथा पुरुषको नाम भने सार्वजनिक गरिएको छैन।

ड्रोनका कारण ग्याटविक विमानस्थल तीन दिनसम्म बन्द भएका थियो। विमानस्थल बन्द भएपछि झण्डै एक लाख २० हजारभन्दा बढी यात्रु अलपत्र परेका थिए। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू