अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

ट्रम्पलाई अर्काे झडका : अमेरिकी अदालतले गर्यो आप्रवासीलाई आश्रय अनुमति नदिने आदेश खारेज

बिआरटीनेपाल २०७५ पुष ८ गते ६:४८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्काे झडका लागेको छ । सिनेटसँग मेक्सिकोमा पर्खाल लगाउने बजेटको बिवाद चलिरहँदा विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ ।

ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो । नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जोन रोबर्ट सहित पाँच न्यायाधीशले ट्रम्पको आग्रहलाई अस्वीकार गरेका हुन् । ट्रम्प प्रशासनले भने मध्यअमेरिकी आप्रवासीहरुको आगमन मुलुकका लागि बेफाइदा हुने जनाएको छ ।

प्रतिक्रिया