अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४६ | Colorodo: 01:01

हिन्दूराज्य लाई राजनीतिक स्पेस ठानेँ दुर्भाग्य निम्तिन्छ-प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:४० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसभित्र हिन्दुराज्यका बिषयमा चलेको बहस निरर्थक रहेको बताउनु भएको छ । हिन्दुराज्यलाई मुख्य एजेन्डा बनाएर राजनीतिक स्पेश पाईन्छ भन्ने ठानेको भए त्यो भूल नगर्न कांग्रेसलाई उहाँको सुझाव थियो । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बीपी, गिरीजा धर्मनिरपेक्षका पक्षमा उभिएको स्मरण गर्दै बाटो नभुल्न आग्रह गर्नुभयो ।

मुलुकमा विश्वकै उत्कृष्ट संविधानको निर्माण भएको बताउँदै उहाँले आवश्यक बिषय बाहेक बखेडा झिकेर संशोधन गर्नुपर्ने स्थिति नल्याउन उहाँको सुझाव थियो । संविधान जारी गर्नमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले खेलेको भुमिकालाई स्मरण गर्दै उहाँले कांग्रेसले बाटो नबिराउन उहाँको भनाइ छ । कोइरालालाई गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समोवशीतासहित संविधान निर्माणको पिता भनेर कांग्रेसले शायद केन्द्रीय समितिबाटै निर्णय गरेको छ, उहाँले भन्नुभयो । देशलाई धर्मका जञ्जालमा फसाएर कोही उम्किन नसक्नेतिर उहाँको संकेत थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू