अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

अमेरिकामा बजेटका विषयमा सहमति नभएपछि सरकारी काम आंशिकरुपमा बन्द

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:३१ मा प्रकाशित

अमेरिकामा बजेटका विषयमा रहेका असहमति अन्त्य गर्न सिनेटरहरुबीचको छलफल निष्कर्ष्विहीन भएपछि सरकारी काम आंशिकरुपमा बन्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसितको सीमामा पर्खाल लगाउन सरकारी कामकाज सन्चालनका लागि विभिन्न कार्यालयमा दिइने कोषबाट ५.७ बिलियन डलर छुट्याउनुपर्नेमा जोड दिँदै आउनुभएको छ ।

तर, यसमा सहमति नभएपछि सरकारका एक चौथाइ संघीय कार्यालयको दैनिक कार्यसन्चालनका लागि चाहिने रकम अभाव भएको छ । खर्चको अभावमा डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी, यातायात, कृषि, विदेश र न्याय विभागअन्तर्गत्का कार्यालय र संघीय राष्ट्रिय निकुञ्ज तथा वन कार्यालयका काम प्रभावित भएका छन् ।

सरकारी कार्यालय आंशिकरुपमा बन्द हुँदा हजारौं कर्मचारी तलबबिना काम गर्नुपर्ने वा अस्थायीरुपमा बिदामा बस्नुपर्ने हुन्छ । अमेरिकामा सरकारी कार्यालय आशिंकरुपमा बन्द भएको यस वर्षमात्रै यो तेस्रोपटक हो । ट्रम्पले चुनावी अभियानका बेला मेक्सिकोसितको सीमा क्षेत्रमा गैरकानुनीरुपमा आप्रवासीको प्रवेश रोक्नका लागि पर्खाल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया