अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

भैरहवालाई पराजित गर्दैै ललितपुर प्याट्रियट्सले जित्यो टिभीएस ईपीएलको उपाधि

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:२२ मा प्रकाशित

टीभीएस एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविकको उपविजेता भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै उपाधि जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको फाइनलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुरले जित निकाल्दै २५ लाख रुपैया जितेको हो । यो ललितपुरको लगातार ६ छैटो जित समेत हो । अघिल्लो संस्करणमा भैरहवा विराटनगर वारियर्ससँग १ रनले पराजित भएको थियो ।

१५६ रनको लक्ष्य पछ्याएको भैरहवाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रनमात्र बनाउन सक्यो । सुरुआत राम्रो भएपनि भैरहवाका ब्याट्सम्यानबीच लामो साझेदारी तथा मध्यक्रमले तेज गतिमा रन बनाउन नसक्दा हार ब्यहोर्नुर्पयो ।
भैरहवाका ओपनर प्रदीप ऐरीले सर्वा्धिक ३४ रन जोडे, त्यस्तै प्रतियोगिताका सर्वा्धिक रनकर्ता रवि इन्दर सिंहले २९ रन बनाए । रायन टेन डोस्क्याथे र कप्तान शरद भेषावकरले समान १४ रन बनाउँदा कुशल मल्लले १६ र आरिफ शेखले १२ रन बनाए । बलिङमा ललितनारायण राजवंशीले ३ विकेट लिए । पवन सर्राफ र योगेन्द्र सिंह कार्कीले २र२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो ।

उत्कृष्ट सुरुआत गरे पनि ललितपुरले इनिङको अन्त्यतिर एकपछि अर्को विकेट गुमायो । ललितपुरका ओपनर जयकिसन कोल्सावालाले ५२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा सर्वा्धिक ५७ रन बनाए । उनले गौरव तोमरसँग मिलेर पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरे । तोमरले २३ रन बनाए ।

सन्दीप जोराले ११ बलमा २४ रनको विष्फोटक इनिंग्स खेले । कप्तान ज्ञानेन्द्र मल्लले १० र कुशल भुर्तेलले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बलिङतर्फ भैरहवाका कृष्ण कार्कीले ३ विकेट लिए । रायन टेन डोस्क्याथे र मोहम्मद नाविदले दुई दुई विकेट लिए ।

प्रतिक्रिया