अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४४ | Colorodo: 04:59

राष्ट्रिय स्वाभिमानका साथ सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीको उद्घोष, सरकारलाई असफल बनाउने प्रयास भईरहेको छ

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:१५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देशप्रति बेइमानी नगरी राष्ट्रिय स्वाभिमानका साथ सरकारकाले काम गरिरहेको बताउनु भएको छ । उहाले सरकारले राम्रा कामको थालनी गरिसकेको बताउदै त्यसका विरुद्ध एकप्रकारले भ्रम फैलाउने काम भईरहेको पनि स्पष्ट पार्नुभयो । यद्यपी उहाले त्यस्ता भ्रम छरी सरकारलाई असफल गराउने प्रयास निरर्थक हुने बताउनु भयो ।

शनिवार काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्वोधन गर्दै उहाले मनमोहन अधिकारी नेतृत्वको सरकारलाई जस्तै वर्तमान सरकारलाई पनि असफल गराउने प्रयास भईरहेको बताउनु भएको हो । देश विकासका लागि आफ्नो प्रयास जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो विरोध गर्नेहरुले केही पनि बिगार्न नसक्नेमा आफू ढुक्क रहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले धराहरा पुनर्निर्माणको काम २ वर्ष भित्र सम्पन्न गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाले भूकम्पले ध्वस्त बनाएको रानीपोखरीलगायतका सम्पदाहरुको पुनर्निर्माण पुरातात्विक महत्वको हुने भन्दै त्यसमा विरोध नगर्न पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू