अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पोखराको विन्ध्याबासिनी मन्दिरमा पुजा आराधना

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:१४ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले आज पोखराको विन्ध्याबासिनी मन्दिरमा पुजाआजा सहित प्रार्थना गर्नुभएको छ । पत्नी कोमल शाहका साथ पूर्व राजा शाह पुजा कार्यक्रममा सरिक हुनुभएको प्रचार प्रसार समितिका संयोजक मोहन केसीले जानकारी दिनुभयो । शनिवार विहान विन्ध्याबासिनी पुग्नुभएका पूर्व राजा शाहलाई शुभचिन्तक तथा सर्बसाधारणहरुले स्वागत गरेका थिए ।

सो अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पोखरेली जनताको माया र सद्भावले आफू पटक–पटक पोखरा आएको बताउनुभयो । उहाँले सन्चारकर्मीको जिज्ञासामा यस्तो बताउनुभएको हो । शाहले पोखरेलीहरुको स्वागत र सत्कार देख्दा आफूलाई गर्व महसुस भएको उल्लेख गर्नुभयो । ।

सो अवसरमा बाजागाजा सहित उपस्थित सर्वसाधारणले राजा आउ देश वचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्ने नारा लगाएका थिए । सो अवसरमा विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले पूर्व राजाशाहलाई अभिनन्दन गरेको थियो ।
गत सोमबार पोखरा आउनुभएका पूर्व राजा शाह पोखरा महानगरपालिकाको वडा न. २१ मा पर्ने माउण्ट ग्लोरी रिसोर्टमा बसिरहनुभएको छ । सपरिवार पोखरामा अंग्रेजी नयाँ बर्ष समेत मनाउने गरी शाह पोखरा आउनुभएको हो ।

यसअघि शुक्रबार पूर्व राजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापावीच भेटवार्ता भएको थियो । राजसंस्था हिन्दु राष्ट्र स्थापना लगायतका विषयमा छलफल भएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू