अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

नेकपाको स्थायी कमिटी बैठकमा पर्सि दुवै अध्यक्षले जवाफ दिने

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:२१ मा प्रकाशित

नेकपाको जारी स्थायी कमिटी बैठकमा उठेका प्रश्नको पर्सि अध्यक्ष द्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिनुहुने भएको छ । स्थायी कमिटी बैठकमा अव नेता माधवकुमार नेपाल र झलनाथ खनालले मात्र बोल्न बाँकी छ । दुवै अध्यक्षले पर्सि जवाफ दिनेगरी तयारी भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

हालसम्म नेकपाका ४५ स्थायी कमिटीका सदस्यमध्ये ४१ जनाले आफ्नो विचार राखिसकेका छन् । अध्यक्षहरूले आवश्कता महसुस गरे भोलि नै स्थायी कमिटीको बैठक बस्ने श्रेष्ठको भनाइ छ । आजको स्थायी कमिटी बैठक तीन घण्टा बसेर स्थगित भएको थियो । बैठकमा सात जना सदस्यले आफ्नो विचार राखेका छन् । गएको शनिवारदेखि सुरु भएको बैठकमा अध्यक्षको तर्फबाट पेस भएको राजनीतिक प्रतिवेदन र नेता वामदेव गौतमको फरक मतमा स्थायी कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रम जारी छ ।

स्थायी कमिटी सदस्यहरू मणि थापा, अमिक शेरचन, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, सुवास नेम्वाङ, नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलले आज आफ्नो विचार राखेको महासचिव विष्णु पौडेलले बताउनुभयो । एकताको ७ महिना वित्दासमेत स्थानीयस्तरको पार्टी एकतालाई टुङ्ग्याउन नसकेको भन्दै बैठकमा नेतृत्वको आलोचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू