अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०२ | Colorodo: 05:17

कांग्रेस सभापति देउवा विरूद्धको मानहानी मुद्दा सर्वोच्चद्वारा खारेज

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:१६ मा प्रकाशित

सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरूद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा खारेज गरेको छ। शुक्रबार प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश वमकुमार श्रेष्ठको इजलासले कांग्रेस पार्टी र सभापति देउवाविरूद्ध परेको अवहेलनासम्बन्धी निवेदन खारेज गर्ने फैसला गरेको हो।

महानिरीक्षक नियुक्तिबारे सर्वोच्चको फैसलाले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको कांग्रेस केन्द्रीय समितिको निर्णयले अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता हरि मैनालीले २०७३ साल चैतमा सर्वोच्चमा निवेदन दिनुभएको थियो ।
डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरिक्षक बनाउने सरकारको निर्णय तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले बदर गरिदिएको थियो।सर्वोच्च अदालतको उक्त फैसलाले कार्यपालिकाको क्षेत्राधिकारमा हस्तक्षेप गरेको कांग्रेसको धारणा थियो। त्यसपछि मैनालीले कांग्रेसका सभापति देउवा र कांग्रेसविरूद्ध मुद्दा दिनुभएको थियो । मैनालीको रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले १० दिन भित्र कारण देखाउन माग गरेको थियो।

सर्वोच्चबाट यो यो आदेश आएको २५ दिनपछी कांग्रेस र तत्कालिन माओवादीका सांसदले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की्विरूद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। सर्वोच्च अदालतले उक्त प्रस्ताव विरूद्ध अन्तरिम आदेश दिएपछि कार्की सर्वोच्च फर्कनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू