अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५८ | Colorodo: 17:13

कांग्रेस महासमिति बैठकः पदाधिकारी १४ जनाको रहने सहमति

बिआरटीनेपाल २०७५ पुष ६ गते ९:०४ मा प्रकाशित

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा लामो प्रयासपछि शुक्रवार सहमति जुटेको छ । पार्टीको केन्दि«य पदाधिकारीको संख्या सभापतिसहित १४ जनाको हुने बनाइएको छ । केन्द्रीय सदस्यको संख्या पनि बढाएर १ सय ७० हुने व्यवस्था गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

पछिल्लो सहमति अनुसार केन्द्रीय समितिमा २ महामन्त्री, ८ सहमहामन्त्री, २ उपसभापति र १ जना कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ । प्रवक्ता १ रहने छन् । प्रवक्तालाई कार्यसमितिले मनोनित गर्नेछ । विधानको पछिल्लो संशोधनमा कोषाध्यक्ष बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुने प्रावधान राखिएको छ ।

पदाधिकारीमा शीर्ष नेताहरुबीच भएको सहमतिलाई केन्द्रीय समितिले अनुमोदन गरेपछि महासमिति बैठकमा पेश गर्ने तयारी भइरहेको बताइएको छ । नयाँ पदाधिकारीको व्यवस्थाससिहतको संशोधित परिमार्जित कांग्रेसको विधान मस्यौदा शनिबार बस्ने महासमिति बैठकमा पेश गरिने कांग्रेस प्रवक्ता शर्माले बताएका छन् । महासमिति सदस्यहरुलाई पार्टी भित्रको सहमतिको दस्तावेज शनिबार बितरण गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू