अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

भूगोल, इतिहास र संस्कृति नै मुलुकको समृद्धिको आधार – नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७५ पुष ६ गते ८:५६ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले मुलुकको भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै पनि नेपाल विश्वसामू गर्व गर्न लायक राष्ट्र बन्न सक्ने दावी समेत गर्नुभयो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकका विभिन्न समुदायले आफ्नो सांस्कृतिक पहिचानबाट समृद्धि खोज्ने प्रयास गरिरहेकोमा खुसी पनि व्यक्त गर्नुभयो । परापूर्व कालदेखिका ज्ञान, हावापानी र भूगोलले विश्वसामु नेपाल चिनाउन र समृद्ध बनाउन उपयोगी हुने अध्यक्ष प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले मुलुकको पूर्वाधार र पर्यटन क्षेत्रको विकासका लागि पनि देशभित्रका साँस्कृतिक सम्पदाहरुको पहिचान र खोजी गर्नु आवश्यक रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू