अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१८ | Colorodo: 05:33

रवि ओड बने दोस्रो नेपाल आइडल

बिआरटीनेपाल २०७५ पुष ६ गते ८:४२ मा प्रकाशित

रवि ओड नेपाल आइडल सिजन २ को विजेता बनेका छन् । उपाधि विजेता बनेसंगै रविले २२ लाख र गोल्डेन माइक पाएका छन् । आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बनेका छन् । उपाधिसंगै बरालले २० लाखको चेक पाएका छन् ।

प्रतियोगिताको सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२ लाख बराबरको चेक र ट्रफी पाएका छन् । यसैगरी , आईडलको थर्ड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भएकी छिन् । उनले होन्डाको स्कुटर पाएकी छन् । सिजन २ की एकमात्र नारी अस्मिता फाइनलमा पुगेकी थिइन् ।

विजेताहरुलाई अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू