अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

भैरहवा ग्लाडीयटर्स इपिएलको फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

बिआरटीनेपाल २०७५ पुष ५ गते ८:४९ मा प्रकाशित

साविक उपविजेता भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा काठमाडौं किङ्स इलाभेनलाई ६ विकेटले पराजित गर्दै भैरहवा उपाधि नजिक पुगेको हो । भैरहवाले अब उपाधिका लागि ललितपुर प्याट्रियट्ससँग यही शनिबार प्रतिस्पर्धा गर्नेछ ।

भैरहवा गत वर्ष फाइनलमा विराटनगर वारियर्ससँग पराजित हुँदै उपविजेतामा समेटिन बाध्य भएको थियो । पहिलो क्वालिफायरमा मंगलबार काठमाडौं किङ्सलाई नै पराजित गर्दै ललितपुर फाइनलमा पुगेको हो । ललितपुरसँग पराजित भएपनि काठमाडौंले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो । तर, त्यसलाई काठमाडौंले सदुपयोग गर्न सकेन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा काठमाडौंले दिएको १०१ रनको सामान्य लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं किङ्स इलाभेनले २० ओभरमा अलआउट हुँदै १०० रन जोडेको थियो ।

प्रतिक्रिया