अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४८ | Colorodo: 01:03

हिन्दू राष्ट्रको पक्षमा निर्णय गर्न कांग्रेसलाई राप्रपा अध्यक्ष कमल थापाको आग्रह

बिआरटीनेपाल २०७५ पुष ५ गते ८:४२ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट हिन्दु राष्ट्र पक्षमा निर्णय गर्न नेपाली कांग्रेसलाई अपील गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा उद्घाटन गर्दै उहाँले कांग्रेसलाई महासमिति बैठकबाट हिन्दु राष्ट्रको पक्षमा निर्णय गर्न आग्रह गर्नुभएको हो ।

काठमाडौंमा भइरहेको महासमिति बैठकबाट हिन्दु राष्ट्रको पक्षमा साहस देखाउन कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई उहाँले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष थापाले कांग्रेसले हिन्दू राष्ट्रको पक्षमा निर्णय गर्न नसके जनताको नजरबाट गिर्ने पनि बताउनुभयो । अध्यक्ष थापाले कांग्रेसले हिन्दु राष्ट्रको पक्षमा निर्णय गरे राप्रपा कांग्रेससँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पार्नुभएको छ ।

थापाले संविधानमा हिन्दु राष्ट्र, राजसंस्थालगायतका नराखेर गम्भीर त्रुटि भएकाले त्यसलाई सच्याउन आग्रह समेत गर्नुभयो । जबरजस्ती गरे गम्भीर दुर्घटना हुने चेतावनी दिदै उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेस सहमत भए बीचको बाटोबाटपनि निकास निकाल्न सकिने उल्लेख गर्नुभयो । थापाले हिन्दु राष्ट्र, राजसंस्था पुनस्र्थापना र संघीयता खारेजीका लागि राप्रपाले फागुन ७ गतेदेखी जनसंघर्ष शुरु गर्ने जानकारी समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू