अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

पोलिमर नोट छपाई काण्डमा पूर्वगर्भनर रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बिआरटीनेपाल २०७५ पुष ५ गते ८:४० मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाई काण्डमा पूर्वगर्भनर तिलक रावलसहित ३ जनालाई भ्रष्टाचार मुद्दामा दायर गरेको छ । अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो ।

रावलसहित अख्तियारले तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाण्डेविरुद्व अदालतमा मुघा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभएको छ ।

नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपैयाको पाँच करोड थान नोट छपाई गरिँदा अनियमितता भएको दावी गर्दै अख्तियारले तीनै जनाविरुद्व जनही ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ ५८ पैसा बिगो माग दाबी गरिएको प्रवक्ता दंगालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू