अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

मेलम्ची खानेपानी आयोजना लागत नबढाई सम्पन्न गर्न सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७५ पुष ५ गते ८:३० मा प्रकाशित

प्रतिनिधिसभाको अर्थ समितिले मेलम्ची खानेपानी आयोजना तोकेकै समयमा लागत नबढ्ने गरी सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा आज बसेको समितिको बैठकले मेलम्ची खानेपानी आयोजना तोकेकै समयमा लागत नबढ्ने गरी सम्पन्न गर्न मन्त्रिपरिषद र खानेपानी मन्त्रालयलाई निर्देशन दिएको हो । आयोजनाको विषयमा सिर्जना भएको पछिल्लो परिस्थिति माथि छलफल गर्न समितिले खानेपानी मन्त्री बिना मगर र मन्त्रायका सचिव लगायतका पदाधिकारीसँग छलफल गरेको हो ।

यसैबीच खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाल सरकारलाई आर्थिक रुपमा घाटा नलाग्ने दावी गर्नुभएको छ । आज संसदको अर्थ समितिको बैठकमा उहाँले ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताउनुभएको हो ।

मेलम्चीको ९३ प्रतिशत काम सकिइसकेको उहाँले दावी गर्नुभयो । ठेकदार कम्पनी सीएमसीको माग नेपाल सरकारको नियमभन्दा बाहिर गएर पूरा नगर्ने पनि उहाँले बताउनुभयो । तीब्र गतिमा काम भइरहेका बेला ठेकदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिंड्दा सरकार चकित परेको मन्त्री मगरले बताउनुभयो । अहिले पनि ठेकदारसँग वार्ता भइरहेको र सरकारको नियमअनुसार सहमति गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू